Nepal's Trusted Health Online Portal

उपत्यकामा थपिए ३,७९१ कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

९ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ७९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४९ हजार ८४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

आइतबारसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा ३६ हजार २३८, ललितपुरमा ८ हजार ७०० र भक्तपुरमा ४ हजार ९११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै १ हजार ४१६ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख २१ हजार ६९९ अर्थात ९०.३ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६५५ जनाको मृत्यु भइसकेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.