Nepal's Trusted Health Online Portal

उपत्यकाका थप ६,१७२ जनालाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

११ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ६ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ । जसमध्ये काठमाडौंमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ र भक्तपुरमा ५ हजार ५८१ छन् ।

पछिल्लो २४ घण्टामा देशभरी १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ३ हजार ४० जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख २७ हजार २७९ अर्थात ८९.२ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६६७ जनाको मृत्यु भइसकेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.