११ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १२ हजार ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार १०३ आरटी पीसीआर विधी र ७ हजार ८०६ एन्टिजेन गरी जम्मा २५ हजार ९०९ नमुना परीक्षण गरिएकोमा १२ हजार ८ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ४२ हजार ८१ पुगेको छ । संक्रमितमध्ये ८ लाख २७ हजार २७९ केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६६७ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ८९.२ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । मंगलबार देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ जना पुगेको छ ।