१० माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ४ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ । जसमध्ये काठमाडौंमा ३८ हजार ५८१, ललितपुरमा ९ हजार ५१ र भक्तपुरमा ५ हजार २१० छन् ।
पछिल्लो २४ घण्टामा देशभरी १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै २ हजार ५४० जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख २४ हजार २३९ अर्थात ८९.७ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६५९ जनाको मृत्यु भइसकेकोे छ ।