Nepal's Trusted Health Online Portal

सिटामोललगायत अतिआवश्यक औषधि सहज बनाउन सर्वोच्चको आदेश

Get real time updates directly on you device, subscribe now.

११ माघ । सर्वोच्च अदालतले सिटामोल र पारासिटामोलजस्ता अतिआवश्यक औषधि सहज रूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज सरकारका नाममा उक्त आदेश जारी गरेको हो।

आदेशमा हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको उल्लेख छ।

आदेशमा भनिएको छ, ‘नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सिटामोल र पारासिटामोल लगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनू।’

अधिवक्ता टीकाबहादुर कुँवरले नागरिकलाई सिटामोललगायत अत्यावश्यक औषधि उपलब्ध गराउन आदेशको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सोही रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो।   -रासस ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.