१३ माघ । पछिल्लो २४ घण्टामा साढे पाँच लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएको जानकारी दिएको हो ।
अहिलेसम्म १ करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण मात्रा लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै १ करोड ६४ लाख ५८ हजार ४७५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
त्यस्तै २ लाख ८२ हजार ७२४ जनाले बुस्टर डोज लगाइसकेका छन् । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि सरकारले कोरोना भाइरसविरुद्धको बुस्टरडोज दिइरहेको छ ।
यसअघि बुधबार २ लाख ५६ हजार ४१६, मंगलबार २ लाख ३९ हजार ८५१, सोमबार १ लाख १९ हजार ३७१ र आइतबार ४९ हजार ४७३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए ।
अहिलेसम्म नेपाललाई कुल ४ करोड २० लाख ४९ हजार ६४० डोज कोरोनाविरुद्धको खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।