Nepal's Trusted Health Online Portal

उपत्यकामा आज ३,१४३ जनालाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१३ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ८६३ पुगेको छ । जसमध्ये काठमाडौंमा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० र भक्तपुरमा ५ हजार ६१४ छन् ।

पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १५ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ हजार २९२ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख ३७ हजार ४ अर्थात ८९.१ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६८७ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.