१३ माघ, काठमाडौं । नेपालका १९ जिल्लाहरुमा कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका १९ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार प्रदेश नं १ मा मोरङ, सुनसरी र झापा, मधेश प्रदेशमा धनुषा र सप्तरी, बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।
त्यस्तै गण्डकी प्रदेशमा कास्की, नवलपरासी पुर्व र तनहुँ, लुुम्बिनी प्रदेशमा बाँके, रुपन्देही र दाङ तथा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।
त्यस्तै पर्सा, बारा, महोत्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कन्चनपुर जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।