Nepal's Trusted Health Online Portal

थप ६,८२७ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

१४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६ हजार ८२७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ७९१ आरटी पीसीआर विधी र ६ हजार ७८ एन्टिजेन गरी जम्मा १९ हजार ८६९ नमुना परीक्षण गरिएकोमा ६ हजार ८२७ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ६८ हजार ९३२ पुगेको छ । संक्रमितमध्ये ८ लाख ४२ हजार ४३६ केस संक्रमणमुक्त भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ८९.२ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.