Nepal's Trusted Health Online Portal

उपत्यकामा थपिए १,८२० कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

१५ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ८२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ७६४ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ३७ हजार ३४, ललितपुरमा १० हजार १२५ र भक्तपुरमा ५ हजार ६०५ छन् ।

पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ हजार ९२४ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख ४८ हजार ३६० अर्थात ८९.५ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ७०३ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.