१५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४ हजार ९०४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार १०१ आरटी पीसीआर विधी र ४ हजार ४६१ एन्टिजेन गरी जम्मा १४ हजार ५६२ नमुना परीक्षण गरिएकोमा ४ हजार ९०४ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ७३ हजार ८३६ पुगेको छ । संक्रमितमध्ये ८ लाख ४८ हजार ३६० केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७०३ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ८९.५ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । शनिबार देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ जना पुगेको छ ।