Nepal's Trusted Health Online Portal

उपत्यकामा चल्ने सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइयो

Get real time updates directly on you device, subscribe now.

१४ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाइएको छ । शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसी सार्वजनिक यातायातमा लगाइएको जोरबिजोरको व्यवस्था हालका लागि हटाउने निर्णय गरेको हो ।

शुक्रबार मध्यरातिदेखि नै लागु हुने गरी सार्वजनिक यातायातमा कायम जोरबिजोर प्रणालीको व्यवस्था हटाइएको छ ।

सार्वजनिक यातायातका साधनमध्ये ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहनेछ भने निजी सवारी साधनमा पनि जोरबिजोर प्रणाली कायम नै रहनेछ ।

भाडाका सबै ठूला सवारीहरु बस, मिनी बस, माइक्रो बस, टेम्पोलगायतमा भने जोरबिजोर प्रणाली हटाइएको हो ।

यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले पनि सार्वजनिक सवारी साधनमा हाल कायम जोर बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।

कोरोना संक्रमण दर तीब्र रुपमा बढ्न थालेपछि गतहप्ता शुक्रबार मध्यरात देखि नै काठमाडौं उपत्यकाका तीन जिल्लामा चल्ने सवारीमा जोर बिजोर प्रणालीको व्यवस्था गरिएको थियो ।

सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर व्यवस्थाले सवारीमा यात्रुहरुको झन् भिड बढ्न थालेपछि जोरबिजोर प्रणालीको विरोध भइरहेको थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरद्दारा जारी आदेशको पूर्णपाठः

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.