Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१६ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा र यसअघिको तथ्याङ्कमा छुटेका गरी ३२ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले विरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको तथा माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा गरी २० जनाको मृत्यु भएको जानकारी दिइन् ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ३५९ जना भने संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.