१६ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ५४० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राका अनुसार गत २४ घण्टामा ९ हजार ९१० आरटी पीसीआर विधी र ३ हजार २३५ एन्टिजेन गरी जम्मा १३ हजार १४५ नमुना परीक्षण गरिएकोमा ३ हजार ५४० नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ७७ हजार ३७६ पुगेको छ । संक्रमितमध्ये ८ लाख ५४ हजार ७१९ केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । उक्त तथ्याङ्क माघ १३ गते देखि छुटेकोसहित हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७३५ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित छन् ।