Nepal's Trusted Health Online Portal

खोप अभिलेख अध्यावधिक गर्न ५ सदस्सीय समिति गठन

Get real time updates directly on you device, subscribe now.

१६ माघ, काठमाडौं । सरकारले खोप अभिलेख अध्यावधिक गर्न ५ सदस्सीय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालय प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा समिति बनाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले खोपको अभिलेखको बारेमा विभिन्न सञ्चारमाध्यममा प्रश्न उठेको भन्दै अभिलेख अध्यावधिक गर्नका लागि ५ सदस्सीय समिति गठन गरिएको जानकारी दिइन् ।

सो समितिले दुई हप्ताभित्रमा खोपको अभिलेखको बारेमा स्पष्ट पार्ने पनि डा.मिश्राले बताइन् । यसअघि स्वास्थ्य मन्त्रालयका एक जिम्मेवार पदाधिकारीले नै २४ लाख मात्रा खोपको तथ्याङ्क नभएको बताएका थिए ।

उक्त २४ लाख मात्रा खोपको बारेमा सर्वत्र प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले दुई हप्ताभित्रमा रिपोर्ट दिने गरी छानबीन समिति गठन गरेको हो ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.