Nepal's Trusted Health Online Portal

उपत्यकामा थप १,७८८ जनालाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१६ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ७८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २३२, ललितपुरमा ३७९ र भक्तपुरमा १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ५० हजार ८११ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ३५ हजार १५९, ललितपुरमा १० हजार ७० र भक्तपुरमा ५ हजार ५८२ छन् ।

पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ३५९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै १३ गते देखि छुटेको र पछिल्लो २४ घण्टामा गरी ३२ जना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख ५४ हजार ७०७ अर्थात ८९.९ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ७३५ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.