१९ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार १२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६८, ललितपुरमा १७० र भक्तपुरमा ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ४० हजार ९२१ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा २६ हजार ५३५, ललितपुरमा ९ हजार ४०१ र भक्तपुरमा ४ हजार ९८५ छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ हजार ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख ७८ हजार ७२० अर्थात ९१.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ७६४ जनाको मृत्यु भइसकेकोे छ ।