Nepal's Trusted Health Online Portal

२४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ मा ओमिक्रोन पुष्टि

Get real time updates directly on you device, subscribe now.

१९ माघ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको २४ नमुनामध्ये २१ मा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले देशभरीबाट संकलित कोरोनाको २४ नमुनामध्ये २१ मा आमिक्रोन र ३ मा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिइन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरीबाट संकलन गरिएको कोरोना भाइरसको जिन सिक्वेन्सिङ गरिएकोमा २४ मध्ये २१ मा ओमिक्रोन भएको पुष्टि भएको हो ।

डा. मिश्राका अनुसार २४ नमुना देशका सातै प्रदेशबाट संकलन गरिएको हो । यो तथ्यले देशका सातै प्रदेशमा ओमिक्रोन फैलिएको पुष्टि भएको उहाँको डा.मिश्राले बताइन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.