Nepal's Trusted Health Online Portal

१ हजार ३६९ जनामा कोरोना संक्रमण, २ हजार २३८ निको भए

Get real time updates directly on you device, subscribe now.

२७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ३६९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार २३८ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८८० आरटी पीसीआर विधी र ३ हजार एन्टिजेन गरी जम्मा ११ हजार ८०८ नमुना परीक्षण गरिएकोमा १ हजार ३६९ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख ७ हजार ९८६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ३० हजार ६०७ केस संक्रमणमुक्त भएको छ । अब देशभर २९ हजार ४ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९५.८ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.