२६ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ८९०, ललितपुरका १०२ र भक्तपुरका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या १३ हजार ७४४ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ७ हजार ७२१, ललितपुरमा ३ हजार ५०४ र भक्तपुरमा २ हजार ५१९ छन् ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ हजार ७७७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ९ लाख २८ हजार ३६९ अर्थात ९५.७ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ११ हजार ८५२ जना अर्थात १.३ प्रतिशतको मृत्यु भइसकेकोे छ ।