Nepal's Trusted Health Online Portal

१३ जिल्लामा ५०० बढी कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

२९ माघ, काठमाडौं । नेपालका १३ जिल्लामा कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका १३ ओटा जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

प्रदेश नं १ मा मोरङ, सुनसरी र झापा, मधेश प्रदेशमा धनुषा, बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

त्यस्तै गण्डकी प्रदेशमा कास्की जिल्ला, लुुम्बिनी प्रदेशमा बाँके र रुपन्देही तथा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासी पुर्व, तनहुँ, पाल्पा दाङ र कञ्चनपुर जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.