Nepal's Trusted Health Online Portal

कोरोना संक्रमण तीब्र बनेपछि हङकङद्वारा नेपालसँगको हवाई उडानमा प्रतिबन्ध

Get real time updates directly on you device, subscribe now.

२९ माघ, काठमाडौं । हङकङ सरकारले आगामी मार्च ४ सम्म नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

हङकङले नेपाललगायत अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाएको रोयटर्सले जनाएको छ ।

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपाललगायतका मुलुकबाट हुने उडानमा रोक लगाइएको हङकङ सरकारले जनाएको छ ।

रोयटर्सका अनुसार हङकङले अन्तर्राष्ट्रिय उडानमा ९० प्रतिशतसम्म कम गरेको छ । त्यस्तै कुनैपनि ट्रान्जिटको अनुमतिसमेत दिएको छैन ।

पछिल्ला दिनहरुमा हङकङमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भैरहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.