Nepal's Trusted Health Online Portal

आइतबार ५२१ जनामा कोरोना संक्रमण, २२ हजार ५८४ सक्रिय संक्रमित

Get real time updates directly on you device, subscribe now.

१ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५२१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ हजार ९३५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३७ आरटी पीसीआर विधी र ४ हजार ७८ एन्टिजेन गरी जम्मा १० हजार ११५ नमुना परीक्षण गरिएकोमा ५२१ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १० हजार ४७१ पुगेको छ । संक्रमितमध्ये ९ लाख ३८ हजार ५८३ केस संक्रमणमुक्त भएको छ । अब देशभर २२ हजार ५८४ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८९२ पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९६.५ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.