Nepal's Trusted Health Online Portal

ललितपुर महानगरपालिकाका सबै वडामा आज र भोलि बुस्टर डोज खोप लगाइँदै

Get real time updates directly on you device, subscribe now.

९ फागुन, ललितपुर । ललितपुर महानगरपालिकाले आज र भोलि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै १ देखि २९ वडाका १८ वर्ष र सो भन्दा माथीका सबै नागरिकलाई बुस्टर डोज खोप लगाइने जनाएको छ ।

आज फागुन ९ र भोलि १० गते सञ्चालन हुने बुस्टर डोज खोप कार्यक्रममा सहभागी हुनका लागि भने पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्नेछ ।

महानगरका सबै वडामा बिहान १० बजे देखि ४ बजे सम्म बुस्टर डोज खोप लगाइने महानगरपालिकाले जानकारी दिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.