Nepal's Trusted Health Online Portal

३८८ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

Get real time updates directly on you device, subscribe now.

९ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३८८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार २०५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २२५ आरटी पीसीआर विधि र २ हजार ९१५ एन्टिजेन गरी जम्मा ८ हजार १४० नमुना परीक्षण गरिएकोमा ३८८ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १४ हजार ६०६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५२ हजार ५९९ केस संक्रमणमुक्त भएको छ । अब देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९२५ पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९७.६ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.