Nepal's Trusted Health Online Portal

बुधबार थपिए ३१२ नयाँ कोरोना संक्रमित, ९११ निको भए

Get real time updates directly on you device, subscribe now.

११ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३१२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ९११ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार १०३ आरटी पीसीआर विधि र ३ हजार ५९० एन्टिजेन गरी जम्मा ८ हजार ६९३ नमुना परीक्षण गरिएकोमा ३१२ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १५ हजार ३९४ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५४ हजार ३४१ केस संक्रमणमुक्त भएको छ । अब देशभर १० हजार ९० जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३० पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९७.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.