Nepal's Trusted Health Online Portal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने

Get real time updates directly on you device, subscribe now.

१० फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा.लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो ।

सिफारिस समितिमा मन्त्री खतिवडासहित नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए । डा. लामिछानेले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट मंगलबार नियुक्तिपत्र बुझेका हुन् ।

दाङमा अवस्थित प्रतिष्ठानको उपकुलपतिमा दाङकै डा. लामिछाने नियुक्त भएका हुन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.