Nepal's Trusted Health Online Portal

कोभिडले रोकिएको निशुल्क ओपिडी पुनः सुरु गर्दै नर्भिक, यो साता यूरोलोजी टिम उपलब्ध हुने

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ ।

अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनुअघिदेखि प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएकोमा सो अभियान कोभिडको तेश्रो लहर सुरु भएपछि केही साता बन्द गर्नु परेको नर्भिक अस्पतालले जनाएको छ ।

कोभिडको तेश्रो लहरको प्रभाव निकै न्यून भएसँगै नर्भिकले प्रत्येक शनिवारको फ्री ओपिडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

भोलिदेखि नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ । सेवा सुचारु हुने पहिलो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले सेवा दिने अस्पतालले जनाएको छ ।

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा संचालन हुने समय समेत परिवर्तन भएको छ । पहिला बिहान १० देखि १२ बजेसम्म यस्तो सेवा संचालन हुने गरेकोमा अबदेखि भने बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म संचालन हुनेछ ।

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन् ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने पनि अस्पतालले जानकारी दिएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.