२३ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७६ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार १४५ आरटी पीसीआर विधि र २ हजार ४९३ एन्टिजेन गरी जम्मा ८ हजार ६३८ नमुना परीक्षण गरिएकोमा ८८ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १७ हजार १९६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५९ हजार ४६९ केस संक्रमणमुक्त भएको छ । अब देशभर ६ हजार १५० जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४८ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा संक्रमितमध्ये ९८.१ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।