Nepal's Trusted Health Online Portal

नेपालमा ३ करोड ७७ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

Get real time updates directly on you device, subscribe now.

२२ फागुन, काठमाडौं । नेपालमा ३ करोड ७७ लाख २१ हजार ८८६ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियान सुरु भए देखि हालसम्म ३ करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइएको हो । जसमध्ये १ करोड ७८ लाख ७६ हजार २२३ जनाले पूर्णमात्रा खोप लगाइसकेका छन् ।

त्यस्तै १ करोड ८५ लाख २७ हजार १९० जनाले पहिलो डोज तथा १३ लाख १८ हजार ४७३ जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.