Nepal's Trusted Health Online Portal

नारी दिवसको अवसरमा एभरेष्ट अस्पतालले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

Get real time updates directly on you device, subscribe now.

२२ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले नारी दिवसको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । अस्पतालले फागुन २४ गते नारी दिवसको दिन विशेषगरी स्त्री रोगसंग सम्बन्धित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

बरिष्ठ स्त्री रोग तथा निसन्तान विशेषज्ञ डा. जोत्सना शर्मा, ल्याप्रोस्कोपी सर्जन तथा निसन्तान विशेषज्ञ डा. राजन शाह र ब्रेस्ट अंकोसर्जन डा. विकास शाहले स्तन क्यान्सरको निशुल्क ओपिडी सञ्चालन गर्ने छन् ।

स्वास्थ्य शिविर २४ गते बिहान १० बजे देखि साँझ ७ बजे सम्म सञ्चालन हुने अस्पतालले जनाएको छ । सो अवसरमा स्त्री रोग तथा निसन्तान सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण र स्तन क्यान्सर सम्बन्धी सम्पूर्ण रोगको परामर्श जाचँ एवम् उपचार गरिनेछ ।

नेपाली समाजमा दिन प्रति दिन बाजोपन तथा स्त्री रोगको समस्या तथा स्तन क्यान्सरको समस्या दिन प्रति दिन बढ्दो देखिएकाले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपक चन्द्र बरालले बताए ।

बरालका अनुसार शिविरमा निशुल्क स्वास्थ्य परीक्षण र परामर्श साथै प्याप स्मेर जाँच गर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत, ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवा समेतमा ३० प्रतिशत छुट दिइने छ ।

पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्यक्रिया, लगायत स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएका र उहाँहरुको ल्याप्रोस्कोपी सर्जरीबाट बाटै अप्रेशन गर्नु नै पर्ने अवस्था आएमा पनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.