Nepal's Trusted Health Online Portal

६८ जना नयाँ कोरोना संक्रमित थपिँदा ५३८ निको भए

Get real time updates directly on you device, subscribe now.

२२ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ५३८ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १३५ आरटी पीसीआर विधि र १ हजार ७९४ एन्टिजेन गरी जम्मा ४ हजार ९२९ नमुना परीक्षण गरिएकोमा ६८ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १७ हजार १०८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५९ हजार ९३ केस संक्रमणमुक्त भएको छ । अब देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४७ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा संक्रमितमध्ये ९८.१ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.