२४ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १९४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३४८ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६३८ आरटी पीसीआर विधि र २ हजार ७५६ एन्टिजेन गरी जम्मा ६ हजार ३९४ नमुना परीक्षण गरिएकोमा १९४ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १७ हजार ३९० पुगेको छ । संक्रमितमध्ये ९ लाख ५९ हजार ८१७ केस संक्रमणमुक्त भएको छ । अब देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।