Nepal's Trusted Health Online Portal

इलिजिविलिटी लिएका विद्यार्थीलाई भर्ना प्रक्रियामा सहभागी नगराउने चिकित्सा शिक्षा आयोगको निर्णय

Get real time updates directly on you device, subscribe now.

२४ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको योग्यता क्रममा रही इलिजिविलिटी लिएका विद्यार्थीलाई म्याचिङ प्रक्रियामा सहभागी नगराउने भएको छ ।

आयोगले एक सूचना जारी गर्दै आयोगबाट गत माघ १६ मा प्रकाशित स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रही वैदेशिक अध्ययनका लागि इलिजिविलिटी प्रमाणपत्र लिएका उम्मेद्वारहरुलाई म्याचिङ प्रक्रियामा सहभागी नगराउने जानकारी दिएको छ ।

तर इलिजिविलिटी रद्द गरेमा भर्ना प्रक्रियामा सहभागी गराउने निर्णय पनि चिकित्सा शिक्षा आयोगले गरेको छ ।

छात्रवृत्ति प्रयोजनका लागि बाहेक कुनै पनि उम्मेद्वारले यस अगावै इलिजिविलिटी लिएकामा उक्त इलिजिविलिटी रद्द गर्न सक्कल प्रमाणपत्रसहित निवेदन दिएमा भने म्याचिङ (भर्ना) प्रक्रियामा सहभागी गराउने निर्णय भएको आयोगले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.