२८ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ७३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १९२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २३८ आरटी पीसीआर विधि र २ हजार ८२४ एन्टिजेन गरी जम्मा ५ हजार ६२ नमुना परीक्षण गरिएकोमा ७३ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १७ हजार ८७६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६० हजार ८७८ केस संक्रमणमुक्त भएको छ । अब देशभर ५ हजार ५० जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् ।
नेपालमा संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।