Nepal's Trusted Health Online Portal

ह्वात्तै बढ्यो कोरोना, सोमबार एकैदिन ४५७ जनामा संक्रमण, १ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ६५१ नमुना परीक्षण गर्दा ४५७ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३४१ आरटी पीसीआर गर्दा ३८६ र २ हजार ३१० एन्टिजेन विधीबाट परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४८ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८१ हजार ७९४ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ९९९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६८ हजार ६४ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर १ हजार ७७६ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.