३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ८४४ नमुना परीक्षण गर्दा २६० नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २७ आरटी पीसीआर गर्दा २१४ र १ हजार ८१७ एन्टिजेन विधीबाट परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४८ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८० हजार ९८१ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ७८६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ८५८ केस संक्रमणमुक्त भएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।