२९ असार, काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १ हजार ५ पुगेको छ । पछिल्लो २४ घण्टायता मात्र २०६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८२ आरटी पीसीआर विधि र १ हजार ९३ एन्टिजेन गरी जम्मा ३ हजार १७५ नमुना परीक्षण गरिएकोमा २०६ नमुनाको नतिजा पोजिटिभ आएको छ । त्यस्तै ४५ जना भने कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८० हजार ७६७ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ७४० पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ८१० केस संक्रमणमुक्त भएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।