२८ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १७७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८०५ आरटी पीसीआर विधि र १ हजार ३२१ एन्टिजेन गरी जम्मा ३ हजार १२६ नमुना परीक्षण गरिएकोमा १७७ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८० हजार ५९० र एन्टिजेन विधीबाट १ लाख ४० हजार ७११ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ७६५ केस संक्रमणमुक्त भएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ८७३ जना पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।