१२ साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ । संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ७१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २१५ जना संक्रमित निको भएका छन् । अब देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ ।