Nepal's Trusted Health Online Portal

थप ५७७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित संख्या ४ हजार ३५६

Get real time updates directly on you device, subscribe now.

१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ४७४ आरटी पीसीआर गर्दा ३९१ र १ हजार ८०८ एन्टिजेन विधीबाट परीक्षण गर्दा १८६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६९ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८५ हजार ८०८ र एन्टिजेन विधीबाट १ लाख ४२ हजार ३६३ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६९ हजार ४८८ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९६४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ४ हजार ३५६ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.