Nepal's Trusted Health Online Portal

सोमबार एकैदिन ८९५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४ हजार ९३४

Get real time updates directly on you device, subscribe now.

१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ९०९ नमुना परीक्षण गर्दा ८९५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६८५ आरटी पीसीआर गर्दा ६३२ र २ हजार २२४ एन्टिजेन विधिबाट परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६४ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ८७ हजार २२८ र एन्टिजेन विधिबाट १ लाख ४२ हजार ८९६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७० हजार ३२६ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ४ हजार ९३४ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.