Nepal's Trusted Health Online Portal

कोरोनाबाट थप १ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१६ साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा एक जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ । संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ८९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २६४ जना संक्रमित निको भएका छन् । अब देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.