१७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ४१५ नमुना परीक्षण गर्दा ८१४ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७६२ आरटी पीसीआर गर्दा ५०९ र २ हजार ६५३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३०५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २९९ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ८७ हजार ७३७ र एन्टिजेन विधिबाट १ लाख ४३ हजार २०१ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७० हजार ६२५ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५ हजार १४४ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।