Nepal's Trusted Health Online Portal

बिहीबार ७६० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ हजार ६०२

Get real time updates directly on you device, subscribe now.

१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ९२६ नमुना परीक्षण गर्दा ७६० नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५८९ आरटी पीसीआर गर्दा ४९४ र ३ हजार ३३७ एन्टिजेन विधिबाट परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३२४ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ८८ हजार ८२१ र एन्टिजेन विधिबाट १ लाख ४३ हजार ७९२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७१ हजार २५० केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९६९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ५ हजार ६०२ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.