Nepal's Trusted Health Online Portal

चिकित्सा शिक्षा स्नातक तहमा सःशुल्क पूर्वभर्नासूची प्रकाशित

Get real time updates directly on you device, subscribe now.

१९ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फका सिटहरुमा म्याचिङ हुने उम्मेद्वारहरुको पूर्वभर्नासूची प्रकाशन गरेको छ ।

आयोगले यही साउन १२ गते प्रकाशन गरेको सूचना अनुसार पूर्वमनोनयनको सूचीमा परेका उम्मेद्वारहरुले तोकिएको समयभित्र शैक्षिक कार्यक्रम अस्वीकार वा परीत्याग गरेको जानकारी आयोगलाई गराए पश्चात खाली भएका सिटहरुमा सःशुल्क भर्ना गर्ने गरी सूची प्रकाशन गरेको हो ।

त्यसरी खाली भएका सिटहरुमा योग्यताक्रममा रहेका उम्मेद्वारहरुको योग्यता क्रम र प्राथमिकताका आधारमा म्याचिङ गरी सःशुल्क भर्नासूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.