Nepal's Trusted Health Online Portal

शुक्रबार एकैदिन ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ४९१ नमुना परीक्षण गरिएकोमा ९१२ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ९४१ आरटी पीसीआर गर्दा ५२९ र ३ हजार ५५० एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३७० जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ८९ हजार ३५० र एन्टिजेन विधिबाट १ लाख ४४ हजार १७५ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७१ हजार ६२० केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९७० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ५ हजार ७६० कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.