२२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ७८९ नमुना परीक्षण गरिएकोमा ५५३ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ४० आरटी पीसीआर गर्दा ४५१ र १ हजार ७४९ एन्टिजेन विधिबाट परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४३३ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९० हजार १२७ र एन्टिजेन विधिबाट १ लाख ४४ हजार ६११ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७२ हजार ४९७ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९७१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५ हजार ६५९ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।