३१ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ६१९ नमुना परीक्षण गरिएकोमा ८४८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७२२ आरटी पीसीआर गर्दा ३९९ र २ हजार ८९७ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५२६ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९३ हजार ८५८ र एन्टिजेन विधिबाट १ लाख ४७ हजार ८२२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७६ हजार ६०९ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९९० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५ हजार २५९ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।