Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा ८८८ जनालाई कोरोना संक्रमण, १ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

३० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३ हजार १५५ आरटी पीसीआर विधी र २ हजार ५८२ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट ४२७ र एन्टिजेन विधीबाट ४६१ जना गरी जम्मा ८८८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ३८७ जना सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या आरटी पीसीआर र एन्टिजेन गरी ११ लाख ४० हजार ८३२ पुगेको छ । जसमध्ये हालसम्म ९ लाख ७६ हजार ८३ संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९८९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.